• १४ बैशाख २०८१, शुक्रबार

देशभर थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ।

बुधबार ७ हजार ७७७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार ६०३ पीसीआर तथा ४ हजार ७५३ एन्टिजेन परीक्षण भएको छ।





प्रतिक्रिया दिनुहोस्