काठमाडौं : काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ।
आज बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको बालाजु प्रहरी वित्त प्रमुख डिएसपी गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला छन्।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो। ठक्करपछि मिनिबससहित चालक फरार भएको छन्। बसको नम्बर खुल्न सकेको छैन। घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ।