• २४ फाल्गुन २०८२, आईतवार

अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नीतिको परिचयसहित) लोकार्पण गरिएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा पुस्तक लोकार्पण गरे।

उनले कांग्रेसबारे कम्युनिस्ट फैलाएका खराब विषय चिर्नुपर्ने बताए। केसीले पुस्तक निकाल्नेबारे आफूल यसअघि थाहा नपाएको तर पुस्तक देखेपछि खुशी लागेको देउवाले बताए।

‘कम्युनिष्टले कांग्रेसबारे भनेका खराब विषय चिर्नुछ।  यो पुस्तक घर घर पुर्‍याउनु पर्छ।  पार्टीको प्रचार पुगेको छैन। भएका कामको चर्चा भएको छैन’, देउवाले भने।  उनले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै कारण भएको समेत दाबी गरे। 

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्ताका लागि केसीको पुस्तक अत्यन्तै लाभदायी हुने टिप्पणी गरे। कांग्रेस आन्दोलनमा लागेका तर, गुमनाम रहेका कतिपवय व्यक्तिको पनि पुस्तकमा चर्चा  गरिएको थापाले बताए।





प्रतिक्रिया दिनुहोस्