• १३ असार २०८३, शनिबार

९ हजार ७८९ परीक्षण गर्दा ५७० संक्रमित थपिए

काठमाडौं, ५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार २८ पीसीआर परीक्षणमा ३६४ जनामा र २ हजार ७६१ जनामा एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ६ रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना डिस्चार्ज भएका छन्।





प्रतिक्रिया दिनुहोस्