• २६ माघ २०८२, आईतवार

पाँच जिल्लाका सिडिओ हेरफेर, नुवाकोटमा नारायणप्रसाद रिसाल

काठमाडौं, ६ फागुन । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।

धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई पठाइएको छ ।

नियमित सरुवाअन्तर्गत नै केही जिल्लाका सिडिओ हेरफेर भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

यस अघि रिसाल स्थानीय बिकास अधिकारी भएर नुवाकोट बसेका थिए ।





प्रतिक्रिया दिनुहोस्