• १ माघ २०८१, मंगलवार

नुवाकोट थान्सिङ मरणपाटी बाटो निर्माणका लागि गाउँपालिकाद्वारा ५ लाख विनियोजन

नुवाकोट,फागुन ११ । जिल्लाको लिखु गाउँपालिकाले थान्सिङको निर्माणाधीन मरणपाटी सम्म पुग्ने बाटो निर्माणका लागि रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित थान्सिङ फाटमा मंगलबार समपन्न स्थानीय र गाउँपालिकाका पदाधिकारीसहितको मोटरबाटो उद्घाटन कार्यक्रममा अध्यक्ष ध्रुव श्रेष्ठले तत्काल ५ लाख सहयोग गर्नेछ प्रतिबद्धता जनाएका छन् ।

यसअघि स्थानीय युवाहरु बीच समन्वय गरि स्थानीय स्तरमै पैदल आवतजावतका लागि ४ फुटे बाटो निर्माण भएको थियोे । गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले यस अघि नै रु ५ लाख विनियोजन गर्ने बताउदै आएका थिए । पैदलयात्रा मात्रै नभई अब मोटरबाटो समेत घाटसम्म पुर्याउन सकिने अध्यक्ष लामिछानेले बताए ।

पहिलो चरणमा निर्मित बाटोमा शव मानिसले नै बोकी घाटसम्म पुर्याउन सकिने थियोे भने पालिकाको विनियोजित रकमले शवबहान मोटर समेत घाटमै पुग्न सक्नेछ । लोकमार्गको-थान्सिङ फाट हुँदै घाटसम्म शव तथा दाउरा घाटसम्म पुर्याउन सहज हुने बताइएको छ ।

यो समाचार साझा पथमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्