• ७ बैशाख २०८१, शुक्रबार

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रष्टद्वारा किस्पाङमा विद्यार्थीलाई विद्यालय पोसाक, स्वास्थ्य सामग्री र कम्प्युटर विवरण

नुवाकोट, १२ फागुन । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रष्टले नुवाकोटको किस्पाङ गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक, स्वास्थ्य सामग्री र कम्प्युटर विवरण गरिएको छ ।

No description available.

ट्रष्टले किस्पाङ गाउँपालिका वडा नम्बर २ को महादेव आधारभूत विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोसाक वितरण गरेको हो ।

साथै किस्पाङ गाउँपालिका वडा नं २ स्थित सिम्राङ चौर आधारभूत विद्यालय ताजिलाई दुई थान कम्प्युटर, माक्स र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशक वितरण गरेको विद्यालयले जनाएको छ ।

No description available.

त्यसैगरी फिकुरी स्वास्थ्य चौकीको लागि वडा अध्यक्ष देबनाथ भट्टलाई सिटामोल, माक्स वितरण गरिएको ट्रष्टले जनाएको छ ।

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रष्टले नुवाकोटको १२ वटै स्थानिय तहको कुना कन्दरासम्म पुगेर विभिन्न माध्यमबाट सहयोगको काम गर्दै आईरहेको छ । उक्त ट्रष्टले शैक्षिक, स्वास्थ्यका साथै आर्थिक सहयोग समेत गर्दै आएको छ ।

No description available.




प्रतिक्रिया दिनुहोस्