• ३० फाल्गुन २०८२, शनिबार

समाजवादी विधार्थी संगठनका केन्द्रीय निर्वाचन आयोग अध्यक्षले छाडे पार्टी, एमाले प्रवेश गर्ने

काठमाडौं, १५ फागुन । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष बाल किशोर माझीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

एकीकृत समाजवादीले विगतदेखि नै अमेरिकी सहायता नियोग एमसिसिलाई समर्थन नगर्ने भनिरहेको भएतापनि अन्तिम समयमा आएर एमसिसिको पक्षमा समर्थन जनाएको हो ।

समाजबादी अछाम जिल्ला कमिटीको सदस्य समेत रहेका माझिले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले पार्टी परित्याग गरेको बताएका छन् ।

साथै माझीले एमाले प्रवेश गर्न लागेको बताएका छन् ।

एमसिसिलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै उनले बरिष्ठ नेता झलनाथ खनाल प्रति आक्रोश व्यक्त गरेका छन् ।

माझीले सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेको भनाई :

1) वरिष्ठ नेता झलनाथ खनाल ससयदबाट बाहिरिनु भन्दा यदि MCC को विपक्षमा हो भने विपक्षमा मतदान गर्नु पर्थ्यो नकि बाहिरिनु

२) सडकमा पार्टिका कार्यक्रता उफार्ने, प्रज्ञा डबलिमा जनबर्गिय सङठनका कार्यक्रता जम्मा गर्दै भासण हुइकाउने ससदमा MCC ब्याख्यात्मक पुछर झुन्ड्याइ जनता र देशमाथी घात गर्ने नेताहरु लाई नेता मान्न नसकिने निर्णयमा पुगियो ।

३) देश र जनता बिरोधी रास्ट्रघाती सम्झौता MCC को बिरुद्वमा हिजो आज र भोलि पनि रहने

४) आज बाट कुनै पनि राजनितिक पार्टी त्यसका जनबर्गिय सग्ठनमा नरहेको घोषणा गरियो ।





प्रतिक्रिया दिनुहोस्