• ३० फाल्गुन २०८२, शनिबार

प्रधानसेनापतिद्वारा भिमफेदी गाउँपालिका अध्यक्ष लामालाई प्रशंसा निशानबाट सम्मान 

काठमाडौं, १७ फागुन/ महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई मंगलबार  प्रधान सेनापति महारथी प्रभुराम शर्माले प्रधान सेनापति प्रंशसा  निशानकाे प्रशस्ति बाट सम्मान गरिएको छ । नेपाली सेनाको भावनासंग जोडिएको “ऐतिहासिक चिसापानी गढी पुर्ननिर्माण र संरक्षण कार्यकाे गुरूयाेजना”, निर्माणका लागि बजेट विनियोजन र मकवानपुर जिल्ला स्थित नेपाली सेनाकाे ईकाईहरूकाे आन्तरिक सडक संरचना विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको हुनाले सेना दिवस-२०७८ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा अध्यक्ष लामालाई सम्मान गरिएको हो ।भीमफेदी गाउँपालिका, संस्कृति पर्यटन मन्त्रालय र पुरातत्व विभागकाे संयुक्तकाे लागतमा करिब २८ करोडमा चिसापानी गढी संरक्षण र पुर्ननिर्माण कार्य भईरहेको छ । गाउँपालिकाले केही महिनाअघि मात्र प्रधानसेनापति शर्माकाे हातबाट गढीको पुर्ननिर्माण कार्यको समुद्घाटन गरिएकाे थियो ।





प्रतिक्रिया दिनुहोस्