• २६ माघ २०८२, आईतवार

नुवाकोटको म्यागङबाट मोटरसाइकल चोरी गर्नै गिरोह फरार

नुवाकोट, १९ फागुन । नुवाकोटमा पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढेको छ ।

जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ६ स्थित चिलाउनेबासबाट बुधबार राति विकास डंगोलको बा. ६९ प. ९९६५ नम्बरको डुक बाईक चोरी भएको इलाका प्रहरी कार्यालय किम्ताङका एसआई बलराम सिंहले बागमती प्रेसलाई जानकारी दिए ।

No description available.

मोटरसाइकल चोरीमा संलग्न रहेका दुर्गा भनिने व्यक्ति सहित अन्य ३ जना व्यक्तिहरू फरार रहेका छन् ।

फरार दुर्गा सहितको टोलीले मोटरसाइकल चोरी गरि सबै सामान खोलेर अर्को पुरानो बसाईमा सामान फिट गर्दै गरेको अवस्थामा फेला पारेपछि उनिहरु फरार रहेको प्रहरीले बताएको छ ।

No description available.

फरार दुर्गा सहित तीनै जनाको खोजि भईरहेको एसआई सिंहले बताए ।

No description available.
No description available.




प्रतिक्रिया दिनुहोस्