• ३० फाल्गुन २०८२, शनिबार

नुवाकोटको बट्टारमा मोटरसाईकल दुर्घटनामा दुईजना घाइते

नुवाकोट, २७ फागुन । नुवाकोटको बट्टारमा शुक्रवार विहान भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । विहान ६ बजे विदुर–४ बट्टारको ब्यारेक नजिकै पानी बोक्ने ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको हो । 

ना ३ ख ६१८१ नंवरको पानी बोक्ने टयाङ्करले बा ६५ प ८८५९ नंवरको मोटरसाईकलाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाईतेको पहिचान हुन सकेको छैन 





प्रतिक्रिया दिनुहोस्