• ३० फाल्गुन २०८२, शनिबार

साहित्यकार श्रीराम श्रेष्ठकाे नेपाली जनजाति सस्कार र सस्कृति दाेश्राे सस्करण सार्वजनिक

साहित्यकार श्रीराम श्रेष्ठ द्वारा लिखित नेपाली जनजाति सस्कार र सस्कृति दोस्रो सस्करणकाे बिमाेचन गरिएको छ । शनिबार नेपाली काङ्ग्रेस पार्टी कार्यलय बिदुरमा एक कार्यक्रमकाे बिच नेपाली काङ्ग्रेसका प्रबक्ता एव्म पुर्ब मन्त्री डाक्टर प्रकाशशरण महतले उक्त पुस्तकको बिमाेचन गर्नुभएको हाे ।

पुस्तक बिमाेचन कार्यक्रमलाई सम्बाेधन गर्नुहुदै डा.महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज र अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिनुभएकाे छ । देशका सवै जातजाती, भूगोल, ईतिहास, धर्म, समुदायको अध्ययनले देश बुझ्न सजिलो हुने भएकोले आम नागरिकलाई देशको अवस्था बुझाउन र आफूले बुझ्नपनि अध्ययनको बानी बसाउन उहाले अाग्रह गर्नु भएको छ ।

पुस्तकमा नेपालमा रहेका विभिन्न जातजातीको संस्कार, संस्कृती र जीवनशैलीवारे लेखिएको छ । पहिलो संस्करण पाठकहरुले अत्यन्तै रुचाएपछि दोश्रो संस्करण लिएर आएको बताउनुहुदै साहित्यकार श्रीराम श्रेष्ठले विभिन्न जातजातिकाे पाठकहरुले पनि वुझ्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको छ । नेपालकाे विभिन्न २० जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमूलक पुस्तक बारे साहित्यकार मुकुन्दराज अर्यालले टिप्पणीका साथै चर्चा गरेका थिए ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धान मूलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।


कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पूर्वसभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष अाशा तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष याेबिन्द्रसिङ तामाङ, नेपाल उद्योग वाणिज्य महासङका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नुवाकोट अध्यक्ष ताराबहादुर कार्कि, नेपाली काङ्ग्रेस महासमिति सदस्य गिता अमात्य लगायतको सहभागीता रहको थियो ।





प्रतिक्रिया दिनुहोस्