• १० बैशाख २०८२, बुधबार

प्रधानमन्त्री देउवाद्वारा किस्पाङ र तादी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन (फोटो फिचर)

नुवाकोट, ३० फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटको दुई स्थानिय तहको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

सोमबार दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेको नेपाली कांग्रेसका युवा नेता सरोज केसीले जानकारी दिए ।

देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गरेका छन् ।

देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसी लगायतको कार्यक्रममा उपस्थिति रहेको सरोज केसीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्