• २२ मंसिर २०८१, शनिबार

म्यादी प्रहरीमा भर्ना खुल्यो, चैत ११ सम्म आवेदन दिन पाइने

काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि मानग गरेको छ । 

मंगलबार प्रहरी प्रधान कार्यालय सो दरखास्त आह्वान गरेको छ । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्ने बताइएको छ ।

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइन्छ । साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । 

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्