• १० बैशाख २०८२, बुधबार

एमाले नुवाकोटका अध्यक्ष मैनालीद्वारा शिवपुरीका खेलाडीहरुलाई आर्थिक सहयोग

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवपुरी गाउँपालिका वडा नम्बर ६ कमिटिले वडाका खेलाडीहरुलाई सम्मान गरेको छ। शिवपुरी वडा नं. ६ शिवपुरी वडा कप फुटबल खेलमा प्रथम भएको थियो ।

May be an image of 5 people, people sitting, people standing and outdoors
नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश पूर्व कृषि राज्यमन्त्री बद्री मैनाली

नेकपा एमाले शिवपुरी वडा ६ कमिटीले वडा कार्यालय परिसरमा मंगलबार एक कार्यक्रम गरि सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश पूर्व कृषि राज्यमन्त्री बद्री मैनालीको प्रमुख अतिथ्यता रहेको थियो ।

May be an image of 7 people and people standing

खेलाडीहरुलाई प्रदेश सांसद मैनालीले व्यक्तिगत पाँच हजार र वडा कमिटिबाट पचिस हजार गरि नगद तीस हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य जितेन्द्र विष्ट,दिनेश अधिकारी जिल्ला कमिटी सदस्य मंगलमाया थापा , दिपक कार्की गाउँपालिका ईन्चार्ज श्याम लामा , वडा अध्यक्ष लाल बहादुर तामाङ ,नेपाली काङ्ग्रेस वडा सभापति माधव पाठकको उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people sitting and people standing

कार्यक्रम सञ्चालन नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटी अध्यक्ष बिष्णु श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सभापति वडा कमिटी अध्यक्ष रत्न तामाङले गरेका थिए।





प्रतिक्रिया दिनुहोस्