काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल नुवाकोट आउने कार्यक्रम तय भएको छ ।
चैत ८ गते मंगलबार हुन लागेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल नुवाकोट आउन लागेको युवा संघ नेपालका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज रोशन थापाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी नुवाकोटको जिल्ला स्तरीय कार्यकता भेला नमस्ते पार्टी प्यालेस बट्टारमा आयोजना हुन लागेको नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएको छ।
