• २८ फाल्गुन २०८२, बिहीबार

फोनिज बागमतीद्वारा पत्रकार अन्जन रानाको परिवारलाई आर्थिक सहयोग

नुवाकोट, २ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिलर पत्रकार अन्जन रानाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य समेत रहेका पत्रकार अन्जन राना मगरको परिवारलाई फोनिज बागमती प्रदेश समितिले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको सहयोग रकम बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले रानाको घरमै पुगेर उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सहयोज अभियान चलाएर फेनिज जिल्ला शाखाहरु र फोनिजकर्मी पत्रकारहरुबाट संकलन भएको एकमुष्ट ७७ हजार १ सय २६ रुपैँया परिवारलाई हस्तान्तरण गरिएको फोनिज बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठले बताए ।

सिन्धुली जिल्ला शाखाले ३ लाखको अन्जन राना स्मृति अक्षयकोष स्थापना गर्ने भएको छ । रानाको छोरी आर्याको एसईईसम्म पढाई फोनिज सिन्धुलीको समन्वयमा आधुनिक बोडिङ स्कुलले नि:शुल्क गराउने भएको छ ।

रेडियो सिद्धबाबा सिन्धुलीमा कार्यरत राना १० वर्षअघिदेखि पत्रकारितामा सक्रिय थिए ।





प्रतिक्रिया दिनुहोस्