काठमाडौं : निर्वाचन आयोगले जारी गरेको स्थानीय तहसम्बन्धी निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयन हुनेछ ।
उक्त आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन ।
सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ ।
निर्वाचन प्रसारप्रचारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न पाइनेछैन। निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सक्नेछन् ।
राजनीतिक दलको प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न पाउनेछन्। निर्वाचन प्रचारप्रसारका लागि विदेशी नम्बर प्लेटको सवारीसाधनलाई अनुमतिपत्र नदिइने आयोगको आचारसंहितामा उल्लेख छ ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले पालना गर्नुपर्ने आचरणबारे निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको छ । सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुनेदेखि अन्य विषय समेटिएका छन् ।
के गर्न पाइन्छ, के पाइदैन ?