चैत ५, काठमाडौं । गोलढुङ्गा खानेपानी समितीको स्विकृत ४४ करोड बजेट मध्ये १० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने भएको छ । तारकेश्वर नगरपालिकाको कार्यालयमा नगरपालिका र समितीबिच सम्झौता भएको हो ।
तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहोरा, सहलगानी बोर्ड प्रमुख मेलिना बैध्द र गोलढुङ्गा खानेपानी समितीका अध्यक्ष सिताराम रेग्मी बिच सम्झौता भएको हो । उक्त अवसरमा तारकेश्वर नगरपालिकाका उप मेयर भवानी डोटेल, कार्यकारी प्रमुख शिवहरी लम्साल, समिती सचिव शशीधर नेपाल, सदस्यहरु बलराम धिताल र शंकर श्रेष्ठको उपस्थितीमा सम्झौता भएको हो ।
तारकेश्वर नगरपालिकाको वडा नं. ४ र ५ का करिब ६ हजार घरधुरीले उक्त खानेपानी प्रयोग गर्ने समितीका अध्यक्ष सिताराम रेग्मीले बताउनु भयो । यो योजना २ वर्षमा पुरा हुनेछ ।