नुवाकोट, ६ चैत । नुवाकोटको लिखु गाउँपालिकामा आइतबार स्थानिय तहमा संघियता कार्यान्वयन सहजीकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी तथा उपसचिव तुल्सीराम अर्यालको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लिखु गाउँपालिकाले गएको ५ बर्षमा गरेको कामको समिक्षा तथा प्रशासनका कर्मचारीले गनुपर्ने काम कर्तव्य र अधिकारको विषयमा समेत छलफल गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले कार्यक्रमको सञ्चालन गरेका थिए ।
बमले केहिदिन अघि मात्रै लिखु गाउँपालिकाको प्रशासनको नेतृत्व सम्हालेका हुन् ।
गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ को अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोजिना राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका प्रशासनिक सेवामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।