• २६ माघ २०८२, आईतवार

धादिङको धुनिवेशी १ ओडारेमा नेपाली कांग्रेसको टोल समिति गठन

धादिङ, ८ चैत । नेपाली कांग्रेस धादिङले धुनिवेशी नगरपालिकाको वडा नम्बर १ओडारेमा गाउँ टोल समिति गठन गरेको छ ।

साविक वडा नम्बर ७ ओडारका जनताहरुमा नेपाली कांग्रेस प्रति आकर्षण बढ्दो देखिन्छ ।

आगामी चुनावका लागि नेपाली कांग्रेसलाई वडा न.१ मा एकचोटी जिताएरै हेर्न पर्ने भएकोले कांग्रेसको सगठन विस्तारदेखि पार्टी प्रवेशका कार्यक्रम गर्न दिन रात नभनी लागि पर्ने नव प्रवेशी युवाहरुले बताएका छन् ।

यहाँको विकास निर्माणका लागि कांग्रेसको नै आवश्यकता रहेको र आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताएरै छाड्ने स्थानीयहरुले बताएका छन् ।

पार्टीलाई एक ढिक्का बनाएर आगाडी बढाए जित असम्भव नरहेको युवाहरुको भनाई रहेको छ ।





प्रतिक्रिया दिनुहोस्