• २३ आश्विन २०८१, बुधबार

नुवाकोटमा म्यादी प्रहरीको लागि ७२ घण्टामा २२ सय बढीले दिए आवेदन

नुवाकोट, ८ चैत । नुवाकोटमा म्यादी प्रहरी बन्ने युवाहरुको भीड नै लागेको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको भीड लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विहानैदेखि युवाहरू फारम भर्नका लागि तँछाड मछाड गरेर लाइनमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नुवाकोट जिल्लामा १३ सय २७ म्यादी प्रहरी आवश्यक रहेको छ ।

आगामी चैत ११ गते शुक्रबारसम्म आवेदन दिने म्याद रहेको उनले बताए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले चैत १३ गते सम्पर्क मिति तय गरेको छ भने त्यस लगत्तै शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ ।

यो समाचार साझापथ अनलाइनमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्