• ३ बैशाख २०८३, बिहीबार

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हालेको रिटमा सर्वोच्चले आचारसंहिताको तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। 

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता चैत १३ मा अन्तरिम आदेश छलफलको पेशी दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिनुपर्ने फैसला गरेको छ। 

आदेशमा भनिएको छ, ‘दुवै पक्षसँगको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय नहुँदासम्म सुविधा र सन्तुलन तथा विषयवस्तुको गम्भीरताको दृष्टिबाट निवेदकले माग गरेबमोजिम निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ कार्यान्वयन नगर्नु, नगराउनु भनी विपक्षीका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को देहाय (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको जानकारी विपक्षीलाई दिई नियमानुसार गरी पेश गर्नुहोला।’





प्रतिक्रिया दिनुहोस्