विदुर, ८ चैत । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ स्थित इनारपाटीमा २ दिने पशुपालन तालिम सम्पन्न भएको छ ।
वडाको २६ जना स्थानिय पशुपालक उद्यमीहरुलाई गत ५ र ६ गते वडा नम्बर ६ मा पशुपालन सम्बन्धि प्रशिक्षण दिइएको हो ।
प्रशिक्षकहरु सिताराम रिमाल र राम प्रसाद खनालले पशुपालक उध्यमीहरुलाई प्रशिक्षण दिएका थिए ।

गोठ निर्माण, पशु आहारा , सरसफाइ , लाग्न सक्ने रोग त्यसको उपचार, रोकथाम बिधि, पशु इन्सुरेन्स लगायत बिषयमा तालिम दिईएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले बताए ।
महासङ्घको केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुर्य कडेल, वडा अध्यक्ष राजु सडौला, महासङ्घ बिदुर नगर अध्यक्ष राममणि अधिकारिको पनि उपस्थिति रहेको थियो ।
यस्ता तालिमहरु बेला बेलामा सञ्चालन भएमा उद्यमी व्यवसायीलाई सहयोग पुग्ने सहभागीहरुले बताएका थिए ।
