• ९ माघ २०८१, बुधबार

प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा १३ जिल्लाका २५० खेलाडी सहभागी हुने

नुवाकोट, १० चैत । नुवाकोटको म्यागङ गाउँपालिकामा प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।

उक्त प्रतियोगिता चैत ११ र १२ गते गाउँपालिकाको वडा नम्बर ५ स्थित सामरीमा हुने आयोजकले बताएको छ ।

ग्राम सेवा तेक्वान्दो डोजाङ्गको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा नुवाकोट ,रसुवा, भक्तपुर,धादिङ सहित १३ वटा जिल्लाका २ सय ५० जना खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिताको संयोजक अनिल राज शाक्यले गर्ने छन् । शुक्रबार र शनिबार दुईदिन चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संयोजक अनिल राज शाक्यले बताए ।





प्रतिक्रिया दिनुहोस्