नुवाकोट, १० चैत । स्थानिय तह निर्वाचनको लागि म्यागङ गाउँपालिका अध्यक्षमा कांग्रेसबाट वडा नम्बर ६ का वडाध्यक्ष अताम सिंह तामाङसहित ७ जना आकांक्षी देखिएका छन् ।
स्थानिय तहको निर्वाचन नजिकिएसँगै गाउँपालिकामा विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू निर्वाचनकेन्द्रित कार्यक्रमहरू गरिहेका छन् ।
२०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्षको दुबै पद कांग्रेसले जितेको म्यागङमा आगामी निर्वाचनमा पनि जित हात पर्नै दाउमा कांग्रेस देखिएको छ ।
नेपाली कांग्रेस म्यागङ गाउँपालिका अहिले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा व्यस्त रहेको छ ।
रहेकाहरू पालिका नेतृत्वका लागि आकांक्षीको रूपमा बाहिर आएका छन् ।
म्यागङमा नेपाली कांग्रेसबाट आशा तामाङ, अताम सिंह तामाङसहित शान्ति लामा तामाङ, गणबहादुर तामाङ, विजय गुरुङ (वाइबा), धनबहादुर गुरुङ, गणेश बहादुर वाइवा तामाङलगायतको नाम गाउँपालिका अध्यक्षको लागि आकांक्षीको रूपमा आएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा म्यागङमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको आकांक्षी देखिएका अताम सिंह तामाङ नेपाली कांग्रेसका विभिन्न भातृ संगठन हुँदै पार्टीको राजनीतिमा अघि देखिएका युवा नेता हुन । उनि हाल म्यागङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका छन् ।
