लिस्वन , १६ चैत । सहमती भएकाे भन्दै जनसम्पर्क समिति पाेर्चुगलकाे निर्वाचन समितिलाई गत फेब्रुवरी ११ मा एउटा पत्र प्राप्त भयाे । साेही पत्रकाे आधारमा निर्वाचन समितिले जनसम्पर्क समिति पाेर्चुगलकाे आगामी कार्यकालकाे लागि सहमतीकाे आधारमा वकिल केसीकाे अध्यक्षतामा निर्वाचित समितिकाे घाेषणा गरेकाे थियाे । निर्वाचन समितिले घाेषणा गरेकाे उक्त समितिमा रहेका चार जना उपाध्यक्षहरु मध्ये पहिलाे नम्बरमा रहेका उपाध्यक्ष राम प्रसाद सापकाेटाले आफू उक्त पदमा नरहने संकेत गरेका छन् ।निर्वाचचन समितिलाई एक पत्र पठाई उनले आफुले विधि पुर्वक महामन्त्री पदमा उम्मेद्वार दिएकाे र अहिले पनि साेही पदकाे मात्र उम्मेद्वार रहेकाे भन्दै अन्य कुनै पनि व्यक्तीलाई उक्त पदकाे सपथ नगराउन निर्वाचन समितिलाई सचेत गराएका छन् ।

समितिका संयाेजक रमेश गुरुङलाई सम्बाेधन गरी पठाईएकाे पत्रमा आफुले महामन्त्री पदमा उम्मेद्वारी दिएकाे र त्याे बाहेक अन्य कुनै पदमा उम्मेद्वारी सहमती नभएकाे र याे विषयमा अन्य कुनै पनि व्यक्तिसंग कुराकानी र समझदारी नभएकाे पत्रमा उल्लेख छ ।
साथै उनले एउटै जिल्लाबाट दुई जना महामन्त्री, उपाध्यक्ष र सदस्यहरु कार्यसमितिमा रहेकाे हुँदा याे जनसम्पर्क समिति पाेर्चुगलकाे विधान विपरित समेत रहेकाे जिकिर गरेका छन् ।
केही व्यक्तिकाे मनाेमानी हावी भयाे : सदस्य तामाङ्ग
त्यस्तै वर्तमान कार्यसमिति सदस्य रहेका ईमानसिंह तामाङ्गले पनि उक्त कार्यसमितिमा नबस्ने निर्णय गरेकाे बताएका छन् । आँखीझ्यालसंगकाे कुराकानीमा तामाङ्गले आफू विधिविधान तथा सहमती विपरित हुने कुनै पनि कृयाकलापकाे विरुद्धमा रहेकाे भन्दै जनसम्पर्क समिति पाेर्चुगलकाे वर्तमान कार्यसमिति विस्तार सहमती विपरित भएकाे जिकिर गरेका छन् ।
त्यसाे त पहिलेनै विधान विपरित कार्यसमिति गठन भएपनि सहमती हुने र समितिमा विग्रह नआउने सर्तमा आफुहरुले माैन समर्थन जनाएकाे तर पछि कार्यसमिति विस्तारकाे क्रममा सहमती पालना नभएकाे जनाएका छन् ।
विधानले परिकल्पनानै नगरेकाे दुइवटा अध्यक्षकाे व्यवस्था विधान संसाेधन नगरी मनाेमानी ढंगले नियुक्त गरेकाे, त्यस्तै अन्य पदहरुमा पनि सहमतीकाे नाममा मनपरि ढंगले पदाधिकारीहरु नियुक्त गरेकाे विषयमा अब गम्भीर ढंगले प्रतिराेध गर्ने बताए । एउटा प्रजातान्त्रिक पार्टीकाे विदेश स्थित एक शुभेच्छुक संगठन भित्र केही व्यक्तीहरुकाे मनपरीतन्त्रलाई टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै उनले कि विधान अनुसार पदाधिकारी चयन गर्न, कि त पहिला जे जेमा सहमती भएर खाका तयार भएकाे थियाे त्याे अनुसार अगाडि बढ्न सुझाएका छन् ।
आफुलाई वर्तमान अध्यक्ष वकिल केसी, तथा संस्थापक अध्यक्ष पुर्ण हमाल लगाएतले महामन्त्री पदमा अफर गरेकाे भएपनि विधानभन्दा बाहिर गएर कुनै पद स्विकार नगर्ने भन्दै अस्वीकार गरेकाे समेत दावी गरेका छन् ।