• ९ माघ २०८१, बुधबार

बिदुरको मेयरमा नेपाली काग्रेंसको तर्फवाट युवा नेता मच्छिन्द्रको दावी

नुवाकोट, २२ चैत । देश स्थानीय तहको निर्वाचनको संघारमा छ । संघीयता लागू भए पश्चात रूपान्तरित भएको स्थानिय तह राजनितिक ,सामाजिक र सेवामुलक सेवा प्रदायक आकर्षक स्थान हो स्थानिय तह । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा विभिन्न पार्टिहरुवाट विभिन्न पदहरुमा आकांक्षिहरुको नाम छलफलको विषयमा छ । यसै क्रममा नेपाली काग्रेंसको तर्फवाट क्षेत्रीय सभापति पदमा निकै कम मतान्तरमा पराजित युवा नेता ,सामाजिक व्यक्तित्व मच्छिन्द्रनरसिंह प्याकुरेलको नाम अहिले नगरको शहर, वस्ती र टोलहरुको आम जन -जनमा र कार्यकर्तातहमा चर्चाको शिखरमा रहेको छ।

No description available.

नेपाल विध्यार्थी संघ (नेविसंघ)वाट विध्यार्थी राजनीति शुरु गरी २०६२/०६३को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनि त्रिभुवन त्रिशुली वहुमुखी कलेजमा २०६५ सालमा स्ववियु सचिव पदमा प्यानल सहित निर्वाचित भई तत्कालिन नेपाल विध्यार्थी संघको क्षेत्रीय सदस्य हुदै उनको नेतृत्वमा साविक क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशन भई नयाँ कार्यसमिति चयन हुदा नेविसंघक साख उच्च बन्न पुगेको थियो । तत् पश्चात जिल्ला भित्र भए गरेका हरेक राजनीतिक आन्दोलनको संयोजन एवं उत्साहपूर्वक सहभागी भएका युवा नेता तथा समाजसेवी ब्यक्तित्व प्याकुरेल आम काग्रेंसीजनको युवा पुस्तामा मात्र नभई विपक्षी पार्टीका युवा पुस्तामा निकै लोकप्रिय रहेका छन् ।

No description available.

निजामति सेवामा करिव १४ वर्ष विताई सम्भावनाको अवसर र भविष्यलाई विच बाटोबाट नै तिलाञ्जलि दिएर समाज रुपान्तरणको लागी युवाहरु राजनीतिमा लाग्नुपर्छ भन्ने धारणा बोकेका युवा नेता प्याकुरेल व्यवस्थापन र जनप्रशासन विषयमा त्रिभुवन विश्वविध्यालयवाट स्नातकोत्तर (मास्टर्स)को उपाधी हासिल गरिसकेका छन् ।
स्थानीय निकायमा करिव ८ वर्ष र स्थानीय तहमा करिव ४ वर्षको अनुभव हासिल गरेका प्याकुरेल प्रशासनिक क्षेत्रका अव्वल व्यक्ति भएर पनि विदुर नगरपालिकामा उनको नेतृत्व सक्षम र सफल हुने विश्वासले युवा पुस्ताले उनलाइ रुचाहेका छन् ।
जनताको सेवामा कर्मचारी हुदाँ दत्तचित्त लागिरहन रुचाउने प्याकुरेलले दशकौं देखी सामाजिक क्षेत्रलाई पनि कर्मथलो वनायका छन् । ठुला ठुला विपद् ,अफ्ठ्यारो ,परिस्थितिमा प्याकुरेललाई सवैले सम्झन्छन् । जहा विपद् त्याहा प्याकुरेल जस्तै भएको छ । विनाशकारी भूकम्पको समयमा भूकम्प प्रभावित हरुलाई घटनास्थल पुगी तत्काल राहत ,उद्दारमा उनको नेतृत्वले जिल्लाका विकट स्थानमा गर्विलो उपस्थितिका साथ सेवा प्रदान गरेको थियो ।

No description available.

कोभिड-१९ महामारीमा देश ठप्प हुदाँ नुवाकोटे जनता त्रिशूली अस्पताल होस् या काठमाडौमा उपचारार्थ विरामिलाई रगतको अभाव हुन नदिई हजारौंको जिवन वचाउन दिनरात खटिएका प्याकुरेलको अग्रसरतामा ‘प्लाज्मा दान’ गरि कोभिड -१९ संक्रमित विरामिहरुको जीवनको थप पर्याय वनेका थिए ।
प्रथम कोभिड महामारी र लकडाउनका कारण खाध्यान्न अभाव भएका विदुर नगरपालिका भित्रका १३ वडाका करिव १६०० घर परिवार, जेष्ठनागरिक ,भूमिहिन ,गरिव ,मजदुरको घर घरमा पुगी खाध्यान्न नुन ,तेल,चामल ,दाल, सावुन लगायतका सामाग्री वितरण
गरेका प्याकुरेलले दोश्रो लकडाउनमा पनि उतिकै क्रियाशिल भई १६०० घर परिवारलाई उहि परिणाममा राहतको प्याकेज घर घर पुराएका थिए ।
नुवाकोट जिल्लामा अक्सिजनको अभाव भएको अवस्थामा स्थानिय प्रशासनसँगको समन्वयमा अक्सिजन आवश्यक भएका नागरिकलाई अक्सिजन घर घर मा पुराई जिवन वचायका प्याकुरेललाई विदुर नगरपालिकाको नेतृत्व दिन आम विदुर वासी मतदाताको चाहना रहेको विभिन्न व्यक्ति एवं राजनितिक कार्यकर्ताहरुको भनाई रहेको छ ।

No description available.

बिरामी भएर उपचारको अभावमा छटपटाएका ब्यक्तिहरुको लागी युवा नेता समाजसेवी ब्यक्तित्व प्याकुरेल आर्थिक सन्कलनमा गरेर बिरामीलाइ बचाउनको महत्वपूर्ण योगदान रहेको छ । उनैले नै संकलन गरेको रकमले उपचार गरेर फर्केका ब्यक्तिहरु प्याकुरेललाइ अहिले ‘भगवान’को रुपमा अब विदुरको मेयरको रुपमा चाहेका छन् । विपक्षी पार्टी र काग्रेसमा लोकप्रिय युवानेताको रुपमा मच्छिन्द्रनरसिंह प्याकुरेल सबैभन्दा बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।





प्रतिक्रिया दिनुहोस्