काठमाडौं, २२ चैत। तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् ।
सोही विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेक वडाध्यक्ष सिटौलाले मंगलबार आफूले पाएको सेवा सुविधाबाट कक्षा ९ र १० का उत्कृष्ट एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापनाको लागि रु दुई लाख रुपैयाँ नगद उक्त विद्यालयलाई हस्तान्तरण गरेको उक्त विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले जानकारी दिइन् ।
वडाध्यक्ष सिटौलाले सो सहयोग रकम हस्तान्तरण गरेपछि महर्जनले आभार व्यक्त गरेकी छन् ।