• २६ माघ २०८२, आईतवार

२५ किलो लागु औषध गाँजा सहित २ जना महिला र ३ जना पुरुष नियन्त्रणमा

नुवाकोट, २३ चैत । २५ किलो लागु औषध गाँजा सहित २ जना महिला र ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गजुरीले बुधबार नियन्त्रणमा लिएको छ ।

पृथ्वी राजमार्ग छेउ छाउमा रहेका चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा समेत बिक्रि वितरण भई रहेको छ भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय समेतबाट मिति २०७८/१२/२१ गते दिन निम्न स्थानहरुमा रहेका निम्न होटलहरु खानतलासी लिदा उक्त होटलहरुबाट लागु औषध गाजा २५ किलोग्राम, डिजिटल तराजु थान १ समेत फेला परेकोले उक्त लागु औषध गाजा बरामद गरी निम्न हटोल संचालकहरुलाई पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।
लागु औषध गाजा फेला परेका होटलहरुः-
१. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ विहानी पम्प स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको सानी अधिकारीले संचालन गरेको जयराम स्टाप होटल ।
२. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राज मार्गको उत्तर तर्फ रहेको राज कुमार भन्ने होतराज सेढाईले संचालन गरेको आयुष होटल ।
३. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको हिरामाया लम्सालले संचालन गरेको हिरा होटल एण्ड लज ।
४. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको बेद कुमार शाहीले संचालन गरेको ठकुरी होलट ।
५. जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा. वडा नं. ३ करम खोला स्थित पृथ्वी राजमार्गको उत्तरमा रहेको खिलनाथ त्रिपाठीले संचालन गरेको चिया नास्ता होटल ।
पक्राउ परेका होटल संचालकहरुः-
१. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ विहानी पम्प स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको जयराम स्टाप होटलको संचालिका वर्ष ४७ की सानी अधिकारी ।
२. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राज मार्गको उत्तर तर्फ रहेको आयुष होटलको संचालक वर्ष ४३ राज कुमार भन्ने होतराज सेढाई ।
३. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको हिरा होटल एण्ड लजका संचालिका वर्ष ४७ की हिरामाया लम्साल ।
४. जिल्ला धादिङ गजुरी गा.पा. वडा नं. २ फुर्केखोला स्थित पृथ्वी राजमार्गको उत्तर तर्फ रहेको ठकुरी होलटको संचालक वर्ष ६१ को बेद कुमार शाही ।
५. जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा. वडा नं. ३ करम खोला स्थित पृथ्वी राजमार्गको उत्तरमा रहेको चिया नास्ता होटलको संचालक वर्ष ५५ को खिलनाथ त्रिपाठी ।

No description available.




प्रतिक्रिया दिनुहोस्