धादिङ, २५ चैत । जिल्ला अस्पताल धादिङको निमित्त मेडिकल सुपरटेन्डेटमा डा.मधुकर दाहालले जिम्मेवारी पाउनु भएको छ । धादिङ अस्पतालका मेडिकल सुपरटेन्डेट डा. त्रिभूवनचन्द्र झा सिन्धुपाल्चोक सरुवा भएपछि दाहालले निमित्त प्रमुखको जिम्मेवारी पाउनु भएको हो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौंडाको चैत्र २२ गते बसेको मन्त्री स्तरीय निर्णयले अर्को ब्यबस्था नभएसम्म आर्थिक तथा प्रशासनिक जिम्मेवारी सहित धादिङ अस्पतालको निमित्त मे.सु. को जिम्मेवारी दिएको हो । उहाँले यसअघि त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत भई काजमा धादिङ अस्पताल आउनु भएको थियो । धादिङ अस्पतालमा दाहालको निमित्त मेसुको जिम्मेवारी पाएसँगै धादिङका आम नागरिकहरुले कशुल, असल क्षमतावान, निष्पक्ष सेवामा तल्लिन हुने व्यक्ति पाएको अनुभूती गरेका छन् ।
उहाँको जिम्मवारीसँगै यसअघि धादिङ अस्पतालमा भैरहेको विभिन्न राजीनतिक खिचातानी, कर्मचारीहरुलाई गरिएको दबाब अन्त्य हुने र कर्मचारीहरुले सहजै रुपमा काम गर्न सक्ने वातावरण मिल्ने विश्वास लिएको छ । कुशल क्षमतावान र सबै सम्माान गर्ने व्यक्तिको प्रखाईमा रहेका धादिङ अस्पतालले लामो समयपछि त्यो सपना पुरा गर्न सफल भएको छ । डा.मधुकर दाहालले पाउनु भएको जिम्मवारीले धादिङ अस्पतालको स्वास्थ्य सेवा लगायत हरेक गतिविधिले काँचुली फेर्नेछ ।