काठमाडौं : गृह मन्त्रालय र अन्तर्गतका निकायहरु मध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हाँसिल गरेकाे छ।
आव.२०७६ /०७७ सम्मको कूल बेरुजु मध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरीले उत्कृष्टता हाँसिल गरेको हो।
गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हाँसिल गरेकोले नगद रु. १० हजार पुरस्कार सहित प्रशंसापत्र प्रदान गरेका छन्।
आ.व. २०७६/०७७ सम्मको कूल बेरुजु रकममध्ये प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरूले ८९.३५ प्रतिशत फर्छ्यौट गरेका थिए।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखि नेपाल प्रहरी निरन्तर सर्वोत्कृष्ट स्थान हाँसिल गर्दै आइरहेकाे छ।