नुवाकोट, २९ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।
यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसबाट को उम्मेद्वारी बन्ला भन्ने विषयले पनि निकै चर्चा पाइरहेको छ ।
आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट तारकेश्वर ५ को वडाध्यक्षमा रमेश अधिकारीले दावी गरिरहेका छन् ।
“स्थानीय तहमा वडा अध्यक्षको दाबेदारी सहित अधिकारीको प्रतिबद्धता”
आसन्न २०७९ बैशाख ३० गते हुनगैरहेको स्थानीय तहको निर्वाचन मार्फत यदि जनता द्वारा वडा अध्यक्षमा अनुमोदित भएमा निम्नलिखित कार्यलाई आधार बनाइ जनताको बिचमा उपस्थित हुनेछु। ।
१)सर्बप्रथम म आफ्नो र श्रीमती को नाम मा रहेको चल-अचल सम्पत्तिको विवरण सार्बजनिक गर्नेछु ।
२)प्रत्येक जनताको बास्तबिक जिबनशैलि रहन-सहन,अप्ठ्यारा सप्ठ्यारा देखि बिकास निर्माणको योजना बनाउदा सम्म आफै स्वयं उपस्थित भै आफ्ना नातागोता नहेरि समान व्यबहार गर्नेछु ।
३)अति बिपन्न बर्गको पहिचान गरि शिक्षा,स्वास्थ र गासबासको आधारभुत आबस्यकता लाइ यथोचित ब्यबस्था मिलाउने छु
४)कृषिलाइ मुख्य आधार बनाइ जिबिकोपार्जन गर्ने किसानलाइ नगदे बालिको प्रशिक्षण दिइ स्वाबलम्भि बनाउने र उत्पादित बस्तुलाइ बिक्रि वितरणको सहज बाताबरण बनाउनेछु ।
५)पसुपन्छि पालनलाइ अनुदानको माध्यम बाट आकर्षक बनाइ दुधजन्य पदार्थको लागि चिस्यान केन्द्रको स्थापना गरि आर्थिक आय आर्जनको मार्गमा लानेछु ।
६)कृषि सडकलाइ स्तरउन्नति गरि हिउँद बर्खा नै सवारी साधन सन्चालन मा ल्याइ उत्पादित बस्तुलाइ बजार सम्म पुर्याउने ब्यबस्था मिलाउनेछु।
७)वडा भरि रहेका आधारभुत र माध्यमिक बिधालय लाइ बालमैत्र र प्रबिधिमैत्र बनाउनेछु।
८)प्रत्येक योजना आबस्यकताको आधारमा तयार पारिने र लागत रकम सहितको सुचना टास गरि पारदर्शिता को लागि उपसमिति निर्माण गर्नेछु।
९)जनता सङ वडा अध्यक्ष कार्यक्रम सन्चालन गरि प्रत्येक महिनाको एकदिन जनताको गुनासो सार्बजनिक सुनुवाइ मार्फत प्रत्येक टोलटोलमा गर्नेछु।
१०)स्थानीय सरकार कै लगानिमा वडामा विभिन्न सिपमुलक तालिमको ब्यबस्था गरि आत्मनिर्भरता लाइ पहिलो प्राथमिकता दिनेछु
माथि उल्लेखित कार्य मेरो बिबेकले भ्याएसम्म २ बर्ष भित्र सकि थप जनताको सुझाव समेटि नयाँ कार्ययोजना बनाउने छु ।