• १ माघ २०८१, मंगलवार

तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित

काठमाडौं, २ वैशाख । तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित भएका छन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा लम्साल सम्मानित भएका हुन ।

नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि गरेका योगदानको कदर स्वरूप लम्सालले विभूषण अधिकारपत्र प्राप्त गरेका हुन ।

शिव प्रसाद लम्साल स्थानीय तहमा आउनुभन्दा अगाडी जिल्ला प्रशासन कार्यालय रुकुमको सहायक सिडिओ भएर काम गरिसकेका सफल कर्मचारी हुन् ।

उनले स्थानीय तहमा धेरै ठाउँमा प्रमुख प्रशासकिय अधिकृत भएर सफलतापूर्वक काम गरिसकेका छन् ।

तारकेश्वर नगरपालिकामा आउनुभन्दा अगाडी नुवाकोटको बेलकोटगढीमा प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेका थिए।





प्रतिक्रिया दिनुहोस्