नुवाकोट, २ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।
यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट को उम्मेद्वार बन्ला भन्ने विषयले पनि निकै चर्चा पाइरहेको छ ।
आसन्न स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट किस्पाङ १ को वडाध्यक्षमा युवा व्यवसायी विक्रम घलेको चर्चा भइरहेको छ ।
घले एक सफल युवा व्यवसायीका साथै कुशल राजनीतिकर्मी समेत हुन् ।
निर्णय व्यवसायी संघ नुवाकोटको सदस्य समेत रहेका घले एक समाजसेवीका रुपमा पनि परिचित रहेका छन् ।
घलेले आफू वडाध्यक्ष भएमा आफ्नो वडामा अति विपन्न वर्गको पहिचान गरि शिक्षा,स्वास्थ र गाँस बासको आधारभुत आवस्यकतालाई यथोचित व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
स्थानीयले पनि वडाध्यक्षमा उठ्नुको लागि घलेलाई राम्रो साथ र समर्थन दिइरहेको देखिन्छ ।
पार्टी भित्र आफ्नो प्रभाव राख्न सफल युवा नेता घलेलाई स्थानीयको साथ र समर्थनले नै वडाध्यक्षको दावेदारको रुपमा प्रस्तुत गरेको देखिन्छ ।