• ९ माघ २०८१, बुधबार

चुनावको मुखमा कांग्रेस छाडेर एमाले प्रवेश गरेका थापाले सभापति महतको गाउँ पञ्चकन्यामा फर्फराए सूर्य अंकित झण्डा

नुवाकोट, २ वैशाख । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिकामा एमालेको सुर्य अङ्कित झण्डा फर्फराउने बताएका छन् ।

शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट माला लगाई
औपचारिक रुपमा पार्टी प्रवेश गरेका थापाले (डा रामशरण महत, डा प्रकाशरण महत र रामेश महत)को गाउँमा सूर्यको झण्डा गाड्ने उद्घोष गरेका हुन।

नेपाली कांग्रेसका पूर्व उपसभापति थापाले २०४९ सालमै आफू गाविस अध्यक्ष भैसकेको मान्छे पद भन्दा एमालेमा लागेर देशका लागि काम गरौं भन्ने सोचले एमाले प्रवेश गरेको बताए ।

उनले यस पटकको चुनावमा एकमात्र मिसन भनेको पञ्चकन्या गाउँपालिकामा एमालेलाई जिताउनु रहेको बताए ।

थापाले आफ्ना भन्ने कुरा धेरै भए पनि विस्तारमा भन्दै जाने बताए ।

यो समाचार साझापथ अनलाइनमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्