• २९ माघ २०८१, मंगलवार

नेकपा एसबाट विदुर नगरपालिकाको उपमेयरमा जमुना गजुरेलको नाम सिफारिस

नुवाकोट, ३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले विदुर नगरपालिकाको उपमेयरमा जमुना गजुरेललाई सिफारिस गरेको छ।

स्थानियतहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका विषयमा आआफ्नो दावेदारी जिल्लामा सुरु भएको छ।

नुवाकोटका हरेक राजनितिक आन्दोलनमा अग्रभागमा रहेर गणतन्त्र र व्यवस्थाका लागि निरन्तर लागिरहेकी विदुर ५ स्थिति पिपलटारकी जमुना गजुरेल पनि एक चर्चित नेतृ हुन्।

तत्कालिन नेकपा एमालेको विभिन्न कमिटिमा क्रियासिल हुँदै पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सहसचिव हुँदै तत्कालीन प्रेस चौतारीको नेतृत्वलाई अगाडि बढाउन देखि पार्टीको हरेक क्रियाकलाप र संगठन बिस्तार गर्न गजुरेलको भूमिका सधै अग्रस्थानमा रहेको थियो।

प्रतिगमन र निरङ्कुसता विरुद्ध आन्दोलनको मोर्चा सम्हाल्दै विभिन्न आन्दोलनमा घाईते समेत भएकी गजुरेल विद्रोह सङ्गै नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला सचिवालय सदस्यमा क्रियाशील छिन्।

पत्रकार महासंघ जिल्ला शाखाको उपाध्यक्षमा निर्वाचित गजुरेल हाल समाजवादी प्रेस सङ्गठन नुवाकोटको अध्यक्ष समेत हुन्। निडर,हक्कि र खरो स्वभावकी गजुरेल साथिभाईको सहयोग र समाजिक काममा पनि सधै यहि भुगोलमा रहेर काम गरिरहेकी एक राजनितिक योद्धा हुन।खराव कार्यका विरुद्ध सधै आवाज बोकि हिड्ने गजुरेलले आउदो निर्वाचनमा नेकपा एकीकृत समाजवादिको तर्फवाट विदुर नगरपालिकामा उपप्रमुख पदमा आफनो दावी रहेको बताउदै समग्र युवापुस्ताको प्रतिनिधित्व गरी आफुले उपप्रमुखमा उम्मेदवार दिने घोषणा गरेकी छन्।

नेकपा एसको जिल्ला कमिटी सचिवालयको आजको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले स्थानियतहको निर्वाचन लाई आफनो पार्टीको तर्फवाट उम्मेदवारीहरु घोषणा समेत गरेकोछ। विदुर नगरपालिकाको मेयरमा विदुर नगरपालिका ६ का वडा अध्यक्ष राजु सडौला, नेकपा एसका पार्टी उपसचिव उद्वव पनेरु र पार्टीका आर्थिक बिभाग प्रमुख रामकृष्णराज भण्डारीलाई सिफारिस गरेको छ। त्यसै गरि उपमेयरमा गजुरेलसहित जिल्ला कमिटी सदस्य धनकुमारी रिजाल लाई पनि बैठकले सिफारिस गरेको छ।
यो समाचार नुवाकोट अपडेटमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्