• २४ पुष २०८१, बुधबार

सबैको पेलाई र हेपाईमा पर्दै साइकल लेन

साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए। तर यस्ता साइकल लेनहरु अतिक्रमणमा पर्न थालेका छन्।

बनेका साइकल लेनमा अहिले साइकल हैन, ठूला गाडी गुड्छन्। अझ कतिपय ठाउँ त बाइकको पार्किङस्थल बनेको छ भने कति निर्माण सामग्रीले भरिएका भेटिन्छन्। सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीकोसमेत ध्यान साइकललेन व्यवस्थित गर्नेमा देखिन्न। ट्राफिक डिभाइडरले लेन मिचेको भेटिन्छन्। कतिपय लेनमा फोहोर सामग्री थुप्रिएको भेटिन्छन्।

ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल,  झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ। 

हेर्नुस् फोटोमा :





प्रतिक्रिया दिनुहोस्