काठमाण्डौँ, ३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो ।
निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् ।
युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् ।