• २४ पुष २०८१, बुधबार

पाँच दलीय गठबन्धनबाट तादी गाउँपालिकाको अध्यक्षमा नेकपा एसका नेता केपी लामिछानेको चर्चा

नुवाकोट, ३ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।

यस्तै तादि गाउँपालिका अध्यक्षमा पाँच दलीय गठबन्धनबाट को उम्मेद्वार बन्ला भन्ने विषयले पनि निकै चर्चा पाइरहेको छ ।

नुवाकोटमा सत्ता गठबन्धन दलको पालिका प्रमुखहरुको बैठक चैत २१ गते सोमबार बसेर स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ ।

त्यस्तै त्यस्तै गठबन्धन दलका जिल्लाका शीर्ष नेताहरुले स्थानिय तहको निर्वाचनमा नुवाकोटको १२ वटै स्थानीय तहमा गठबन्धन गरेर चुनावी मैदानमा जाने बताइसकेका छन् ।

आसन्न स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका नेता केपी लामिछानेको चर्चा सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादी तादी गाउँपालिका संघठन कमिटिको गत चैत २९ गतेको बैठकले गाउँपालिका अध्यक्षको दावेदारका रुपमा लामिछानेलाई पार्टीले प्रस्ताव गरिसकेको छ ।

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश समिति सदस्य समेत रहेका केपी लामिछाने नुवाकोट जिल्ला कै एक सफल युवा व्यवसायी र कुशल राजनीतिकर्मीका रुपमा परिचित रहेका छन् ।

विनायक अस्पताल तथा प्रसुती गृहका कार्यकारी निर्देशक समेत रहेका लामिछाने राजनीतिकर्मी र व्यवसायी भन्दा पनि समाजसेवीका रुपमा परिचित रहेका छन् ।

उनि गाउँपालिकाका विपन्न जनताको तनमनमा घाउलाग्दा मलम बोकेर घरदैलोमा पुग्ने व्यक्ति हुन् । उनले तादी गाउँपालिका सँगै जिल्लाका कुना कन्धरासम्म गएर आर्थिक रुपमा विपन्न वर्गको पहिचान गरि शिक्षा, स्वास्थ र गाँस बासको आधारभुत आवस्यकतालाई यथोचित व्यवस्था मिलाउने कुरामा प्रतिबद्ध भएर लागेका छन् ।

उनले गाउँपालिकाको शिक्षालाई प्रविधिमैत्री बनाएर लैजानुपर्ने कुरामा जोड दिईरहेका छन् ।

लामिछाने आर्थिक अभावकै कारण औषधि सेवन गर्न नपाएकालाई औषधि र आर्थिक सहयोग, दिर्घरोगीको लागि औषधि उपचारको व्यवस्था मिलाउने लागायतकै काममा व्यस्त देखिन्छन् ।

गाउँपालिकामा कुशल राजनीतिकर्मीका साथै समाजसेवीका रुपमा परिचित रहेका लामिछानेलाई नै अध्यक्षको उमेद्वार बनाउँदा उपयुक्त हुने पाँच दलीय गठबन्धनका नेताहरुले समेत बताइरहेका छन् ।

लामिछाने २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा उमेद्वार हुँदा झिनो मतान्तरले मात्र पराजित भएका थिए ।

नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा प्रस्तावित लामिछानेको प्रतिबद्धताहरु:

-आर्थिक रुपमा विपन्न वर्गको पहिचान गरि शिक्षा, स्वास्थ र गाँस बासको आधारभुत आवस्यकतालाई यथोचित व्यवस्था मिलाउने ।

-कृषिमा अनुदान बढाएर उत्पादित बस्तुलाइ बिक्रि वितरणको सहज वातावरण बनाउने ।

-स्थानीय क्षेत्रमा स्वरोजगार मुलुक कार्यक्रम ल्याएर आर्थिक आय आर्जनको मार्गमा लैजाने।

  • गाउँपालिका सिमा भित्रका सडकबाटोलाई स्तरउन्नति गर्नै ।
  • गाउँपालिका भित्रका आधारभुत र माध्यमिक विधालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउने ।
  • विभिन्न सिपमुलक तालिमको व्यवस्था गरि आत्मनिर्भरतालाई पहिलो प्राथमिकता दिने ।
No photo description available.




प्रतिक्रिया दिनुहोस्