• ३१ असार २०८१, आईतवार

नेकपा एमालेबाट विदुर १० को वडा सदस्यमा युवा नेता अच्युत धमलाको चर्चा

नुवाकोट, ३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्न थालिसकेका छन् ।

कुन पार्टीको, कहाँ कस्को उमेद्वारी होला भन्ने विषयले अहिले निकै चर्चा पाउने गरेको छ ।

यस्तै विदुर नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट युवा नेता अच्युत धमलाको चर्चा सुरु भएको छ ।

स्थानीयले धमलाको उमेद्वारीको चर्चा गरिरहँदा उनि पनि आफू वडा सदस्यमा उमेद्वारी दिने तर्खरमा रहेको बताउँछन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला टेकेका धमला एमालेको सक्रिय युवा नेताका रुपमा परिचित छन् ।

सामाजिक काममा सक्रिय देखिने धमलालाई वडा सदस्यको उमेद्वार बनाउँदा १० नम्बर वडामा एमालेको जित निश्चित हुने स्थानीय एमाले निकट नेताहरुले दावी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्