• ४ चैत्र २०८१, मंगलवार

माओवादी केन्द्रबाट विदुर ६ को वडाध्यक्षमा युवा नेता देवसिस ढकालको दावी

नुवाकोट, ३ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।

यस्तै विदुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट को उम्मेद्वार बन्ला भन्ने विषयले पनि निकै चर्चा पाइरहेको छ ।

आसन्न स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विदुर ६ को वडाध्यक्षमा युवा उद्यमी देवसिस ढकालले दावी गरिरहेका छन्।

ढकाल एक सफल युवा उद्यमीका साथै कुशल राजनीतिकर्मी समेत हुन् ।

विदुर ६ को अध्यक्षमा दावी सहित ढकालका प्रतिबद्धताहरु:-

-आर्थिक रुपमा विपन्न वर्गको पहिचान गरि शिक्षा, स्वास्थ र गाँस बासको आधारभुत आवस्यकतालाई यथोचित व्यवस्था मिलाउने ।

-कृषिमा अनुदान बढाएर उत्पादित बस्तुलाइ बिक्रि वितरणको सहज वातावरण बनाउने ।

-स्थानीय क्षेत्रमा स्वरोजगार मुलुक कार्यक्रम ल्याएर आर्थिक आय आर्जनको मार्गमा लैजाने।

  • गाउँपालिका सिमा भित्रका सडकबाटोलाई स्तरउन्नति गर्नै ।
  • गाउँपालिका भित्रका आधारभुत र माध्यमिक विधालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउने ।
  • विभिन्न सिपमुलक तालिमको व्यवस्था गरि आत्मनिर्भरतालाई पहिलो प्राथमिकता दिने ।
  • एक टोल एक लाइब्रेरी को स्थापना गर्ने
  • खेलकुदको विकास गर्ने

समाजमा केही गर्नुपर्छ भनी सोच, अष्ट्रेलियाको भिषा लगाएर समेत रद्ध गरी यहीँ केही गर्नपर्छ भन्ने सोचका साथ पशुपालनलाई व्यावसाय बनाएर उदाहरणको पात्र बनेका ढकाल नयाँ जोस जाँगर र उत्साहका साथ वडाध्यक्षको दावी गरिएका छन् ।

के तपाईलाई वडा अध्यक्षको टिकट नदिँदा पार्टीलाई घाटा पर्न हो? भन्ने प्रश्नमा ढकाल भन्छन्,

“हाम्रो यस वडामा पार्टीको संगठन खासै बलियो छैन । मलाई विभिन्न अरु पार्टीले पनि साथ सहयोग गरी एमाले हराउने निर्णय भएको अवस्था छ ।म बाहेक अरु दुई जना पनि अध्यक्षको दावेदार हुनुहुन्छ । तर उहाँहरू हाम्रो वडा मा चिनाउने बाटो छैन किन की उहाँहरुलाई यस प्रति कुनै ध्यान नै छैन ।”

“पाँच दलीय गठबन्धन भए पनि नभए पनि म आफू स्वयंले एमालेको भोट काट्न सक्ने र अरु पार्टी हरुले पनि साथ सहयोग गर्ने भएकाले,यस वडामा मात्र नभई अरु दुई वडा समेत लोक प्रिय भएकाले पार्टीले मलाई सिफारिस गर्नपर्ने मेरो कुरा हो । म हर कुराबाट सक्षम र अरु पार्टीसँग सामना गर्न तयार छु । “





प्रतिक्रिया दिनुहोस्