• १६ फाल्गुन २०८०, बुधबार

हतियार बुझाएर ज्यान जोगाउन युक्रेनी सैनिकलाई रुसको शर्त

काठमाडौं : रुसले प्रमुख बन्दरगाह मारियुपोलमा रहेका युक्रेनी सैनिकको ज्यान जोगाउन प्रस्ताव गरेको छ। युक्रेनी सैनिकहरुले आज हतियार दिए मात्रै उनीहरुको ज्यान जोगाउने रसियाले बताएको हो। 

मारिउपोल सहरलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिईसकेको बिबीसीले जनाएको छ।  शहरमा बाँकी रहेका युक्रेनी सेनाहरू एजोभस्टल स्टिलवर्क क्षेत्र वरपरको सानो क्षेत्रमा रहेको रुसी दाबी छ। 

रुसी सेनाले रातभर हरेक आधा घण्टामा आजोभस्टलमा रहेका युक्रेनी सैनिकहरुलाई प्रस्तावको विवरण लगातार प्रसारण गरेको समाचारमा उल्लेख छ । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारियुपोलमा रहेका बाँकी लडाकुहरूलाई मेटाए रुससँगको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका थिए। 

अर्को सहर कीभका मेयरले पनि त्यहाँका बासीन्दाहरुलाई थप रुसी मसाईल आक्रमणबाट सावधान रहन चेतावनि दिए। रसियाले भोलिदेखि मारिउपोलमा प्रतिबन्धलगाउने योजना बनाएको युक्रेनी अधिकारीहरुलाई उदृतगर्दै बीबीसीले लेखेको छ।

यसअघि रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अन्य वरिष्ठ मन्त्रीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको थियो। 





प्रतिक्रिया दिनुहोस्