नुवाकोट, ८ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।
यस्तै सूर्यगढी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसबाट को उम्मेद्वारी बन्ला भन्ने विषयले पनि निकै चर्चा पाइरहेको छ ।
आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट सूर्यगढी ५ को वडाध्यक्षमा युवा नेता अच्युत ढकालको उम्मेद्वारी हुनुपर्ने स्थानीयहरुले बताइरहेका छन् ।
स्थानीयले ढकालको उमेद्वारीको चर्चा गरिरहँदा उनि पनि आफू वडा अध्यक्षमा उमेद्वारी दिने तर्खरमा रहेको बताउँछन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला टेकेका ढकाल नेपाली कांग्रेसको सक्रिय युवा नेताका रुपमा परिचित छन् ।
वडाध्यक्षका बलियो दावेदार बनिरहेका ढकाल नेपाली कांग्रेसका सक्रिय युवा नेताका साथै समाजसेवी समेत हुन ।
गएको ५ बर्षको कामको मुल्यांकन गर्दा वडामा भने जति र आधारभूत विकास समेत हुन नसकेकोले वडाको सर्वाङ्गीण विकास र जनचाहना अनुसार काम गर्न सक्ने क्षमता ढकालमा भएकाले अच्युत ढकाललाई नै वडाध्यक्षको उमेद्वार बनाउनुपर्ने जनआकांक्षा सूर्यगढी ५ मा देखिएको छ ।
वडाध्यक्षको बलियो दावेदार रहेका ढकाललेपनि जनअपेक्षा बढ्दै गएमा र पार्टीले प्रस्ताव गरेको खण्डमा वडाध्यक्षमा उमेद्वार दिने बताएका छन् ।
ढकाल एक सफल युवा व्यवसायीका साथै कुशल राजनीतिकर्मी समेत हुन् ।
ढकालले जनताले आफूलाई वडाध्यक्षको रुपमा हेर्न चाहेको र मेरो नेतृत्वमा वडाको समृद्धिको जनचाहनालाई आफूले शिरोपर गरेको बताएका छन् ।
उनले सूर्यगढी ५ वासीले आफूलाई गरेको विश्वास र समर्थन टुट्न नदिने बताउँदै यदि आफू जनचाहना अनुसार वडाध्यक्ष भएमा आर्थिक रुपमा विपन्न वर्गको पहिचान गरि शिक्षा, स्वास्थ र गाँस बासको आधारभुत आवस्यकतालाई यथोचित व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले कृषिमा अनुदान बढाएर उत्पादित बस्तुलाई विक्रि वितरणको सहज वातावरण बनाउने र स्थानीय क्षेत्रमा स्वरोजगार मुलुक कार्यक्रम ल्याएर आर्थिक आय आर्जनको मार्गमा लैजाने बताएका छन् ।
गाउँपालिकाले आफ्नो वडा भित्रका सडकबाटोको स्तरउन्नतिको कामलाई अझैपनि पूर्णता नदिएको बताउँदै ढकालले आफ्नो कार्यकालमा उक्त कामलाई सम्पन्न गर्ने बताएका छन् ।
उनले आफ्नो वडा भित्रका आधारभुत र माध्यमिक विधालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउनुका साथै विभिन्न सिपमुलक तालिमको व्यवस्था गरि आत्मनिर्भरतालाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
एक टोल एक लाइब्रेरीको स्थापना, खेलकुदको विकास लगायत युवा लक्षित कार्यक्रम नै आफ्नो मूल एजेण्डा रहेको वडाध्यक्षका दावेदार रहेका ढकालले बताएका छन् ।