• २१ माघ २०७९, शनिबार

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, एकजनाको मृत्यु, ६ घाइते

काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थाहा खबरलाई जनाकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।





प्रतिक्रिया दिनुहोस्