नुवाकोट, ८ वैशाख। नेपाली कांग्रेसबाट विदुर नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा भरत बहादुर तामाङ सर्वसम्मत भएका छन् ।
नेपाली कांग्रेसका सक्रिय नेता तामाङलाई बिहीबार बसेको पार्टीको बैठकले वडाध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।
तामाङ राजनीतिसँगै स्थानीय क्षेत्रको सामाजिक काममा सक्रिय देखिने गरेका छन् ।