नुवाकोट, ९ वैशाख । नुवाकोटको विदुर नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट नगरप्रमुख पदमा मच्छिन्द्रनरसिंह प्याकुरेल सबैभन्दा लोकप्रिय उम्मेदवारको रुपमा प्रचार अभियानमा लाग्नुभएको छ ।
विदुरको नगरप्रमुखमा अहिले आकाक्षी देखिएका अन्य उम्मेदवारहरु भन्दा बढी लोकप्रिय, स्थानीय शासन सञ्चालनको अनुभवमा कुशल व्यक्तित्व, आफ्नो पाटीमा मात्रै नभई विपक्षी पाटीहरुसंग समेत प्रतिस्पर्धामा लोकप्रिय मत ल्याउनसक्ने छवी बनाउनुभएका मच्छिन्द्रनरसिंह प्याकुरेल विदुर नगरपालिकाको नगरप्रमुख पदमा सबैको रोजाईको उम्मेदवारको रुपमा देखिएका छन् ।
हालै मात्रै विदुर नगर कार्यसमितिले आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरी गरेको छलफलमा समेत मच्छिन्द्रनरसिंह प्याकुरेल अन्य उम्मेदवार भन्दा बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएसगैँ विदुरमा नेपाली काँग्रेसको उम्मेदवार मच्छिन्द्रनरसिंह प्याकुरेल हुने पक्का देखिएको हो । पाटीभित्रको इमान्दार तथा असल र लगनशील व्यक्तित्व मात्रै नभई विपक्षी युवाहरुबाट समेत आफ्नो पक्षमा मत ल्याउन सक्ने क्षमता र रोजाईमा रहेका इमान्दार व्यक्तित्व मच्छिन्द्रनरसिंह प्याकुरेलले विदुरलाई अबको पाचवर्षमा कस्तो बनाउने भनेर अहिले नै आफ्नो खाका बनाईसकेको बताउनुभएको छ ।
“पाच वर्षको अवधिमा कुन वर्षको कुन महिना के काम गर्ने त्यो योजना बनाईसकेको छु ।” उहाँले भन्नुभयो “सडक सुद्धिढिकरण, खानेपानी, विद्युत सुरक्षा, फोहोर व्यवस्थापन, ढलनाली लगायतका गतिविधिका काम नियमित रुपमा नै सञ्चालन हुने हुदाा नगरको नेतृत्वले नमूना शहर बनाउन अहिलेसम्म परिकल्पना नै नभएका योजना कार्यान्वयन गर्नतर्फ लाग्ने गरेर भावि रणनीति बनाएको छु । ”
चौधवर्षे लामो सरकारी जागिर छाडेर सक्रिय राजनीतिमा होमिनुभएका मच्छिन्द्रनरसिंह प्याकुरेलले आफू नगरप्रमुख पदमा बिजयी भएपनि राज्यबाट पाउने सेवा र सुविधा जनताको सेवामा लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राज्यले दिने सेवा र सुविधा लिने हो । तर, प्राप्त हुने सुविधामा उल्टै थप गरेर आर्थिक अबस्था कमजोर भएका बिरामीको उपचार, अध्ययन गर्न नपाएका विद्यार्थीहरुको लागी पढाईमा सहयोग, कमजोर बर्गका व्यक्तिको लागी पुर्नस्थापनाका कार्यक्रममा लगानी गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा र स्वास्थ्य निःशुल्क गर्न विभिन्न योजना बनाउनुभएको उहाँले पाच वर्षको अवधिमा तीन हजार नयाँ रोजगारको सिर्जना, यहाँको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रक्षा सहित प्रचारप्रसार, आन्तरिक तथा बाह्य पर्यटकीय प्रबद्धन, विदुर नगरलाई नमूना शहरको विकास, राज्य पुर्नसंरचनाको समयमा थप भएका वडाहरुमा पछि परेको विकासको गतिलाई गुरु योजना बनाएर अघि बढाउने गरेर प्राविधिक अध्ययन सहितको भावि योजना बनाएको युवा नेता प्याकुरेलले बताउनुभएको छ ।
नेपाली काँग्रेसको भातृ सँस्था नेपाल विद्याथी संघहुदै पाटीको सक्रिय राजनीतिमा होमिनुभएका मच्छिन्द्रनरसिंह प्याकुरेल सक्षम राष्ट्रसेवक कर्मचारी मात्रै नभई नुवाकोट लगायतका जिल्लाका बिरामीहरुको लागी अभाव रहेको रगतको सहजै व्यवस्थापन, विपन्न बर्गलाई भूकम्प र कोरोनाको विपतको समस्यामा स्थानीय सरकारले समेत चासो नदिदा राहत वितरण, स्वास्थ्य उपचारको लागी अबस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग संकलन लगायतमा उदाहरणीय व्यक्तित्वको छवी बनाउनुभएको छ ।
सामान्य जीवनशैली, सरल स्वभाव, कसैको मन नदुखाउने छवीका प्रिय व्यक्तित्वको रुपमा राजनीतिमा सक्रिय रहनुभएका मच्छिन्द्रनरसिंह प्याकुरेल विदुर नगरपालिकाको नगरप्रमुख पदमा सबैभन्दा लोकप्रिय र रोजाईको व्यक्तिको रुपमा सबैको रुचाईमा रहेका छन् ।