• ९ माघ २०८१, बुधबार

नुवाकोटमा गठबन्धन प्रति कांग्रेस भित्र असन्तुष्टि, तादी गाउँपालिका अध्यक्षमा गठबन्धन विरुद्ध तरुण दल सदस्य तामाङको बाघी उमेद्वारी

नुवाकोट, ९ वैशाख । जिल्लामा ५ दलीय गठबन्धन प्रति नेपाली कांग्रेस भित्र चरम असन्तुष्टि बढेको छ ।

न्यून जनआधार भएका दलहरुसंग ठूलो दलले गठबन्धन गरेको भन्दै कांग्रेस नुवाकोटमा असन्तुष्टि बढेको हो ।

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी समेत केहि नेताहरुले गठबन्धन प्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसको जिल्ला नेतृत्वले कांग्रेस भित्रकै नेताहरुको विरुद्धमा गठबन्धनलाई प्रयोग गरेको भन्दै कांग्रेस नेताहरुमा असन्तुष्टि बढेको छ ।

यसैगरी तादी गाउँपालिका अध्यक्षमा गठबन्धन विरुद्ध तरुण दल सदस्य दिल घिसिङ तामाङले बाघी उमेद्वारी दिने भएका छन् ।

नुवाकोटमा गठबन्धन प्रति असन्तुष्टि व्यक्त गर्दै तामाङले गाउँपालिकामा गठबन्धन बिरुद्ध बाघी उमेद्वारी दिन लागेको बताएका छन् ।

तामाङको बाघी उमेद्वारीले तादी काँग्रेसको ठूलो भोट काटिने स्थानीय नेताहरुले बताएका छन् । उनको बाघी उमेद्वारीले गाउँपालिकामा गठबन्धनलाई कम्जोर बनाउन सक्ने अनुमान गरिएको छ ।

तामाङ नेपाली कांग्रेस संबद्ध भातृसंगठन तरुण दल नुवाकोट जिल्ला सदस्य हुन् ।

सामाजिक काममा निकै सक्रिय देखिने तामाङ गाउँपालिकामा चर्चित युवा नेता हुन् ।

नुवाकोटना गठबन्धनलाई लिएर काँग्रेस भित्र खटपट भइरहेको देखिन्छ । न्यून जनआधार भएका दलहरुलाई सिट दिने विषयमा पनि कांग्रेसका अधिकांश नेताहरु सहमत छैनन् ।

जिल्लाका केहि पालिकाहरुमा जिल्ला नेतृत्वले कांग्रेसका नेताहरुको ब्यवस्थापन नगरी गठबन्धनलाई सिट दिनसक्ने भन्दै नेताहरुले गठबन्धन प्रति शंका गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्