• २९ माघ २०८१, मंगलवार

नेकपा माओवादीबाट पञ्चकन्या गाउँपालिका अध्यक्षमा तेजबहादुर तामाङसहित दुई जनाको नाम सिफारिस

नुवाकोट, ९ वैशाख । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पदमा दुई जनाको नाम सिफारिस भएको छ।

गत बुधबार सम्पन्न गाउँ पालिका स्तरीय बैठकले हालका गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र अर्का माओवादी का अर्का नेता राजन गौतमको नाम सिफारिस गरेको हो ।

तामाङ र गौतम दुवै माओवादी केन्द्र वाग्मति प्रदेश कमिटी सदस्य समेत हुन । बैठकमा मन्तव्य राख्ने धेरैजसोले तेजबहादुरलाई नै अध्यक्ष हुनुपर्ने धारणा व्यक्त गरेका थिए । तर उपाध्यक्षमा भने विमला केसी सर्वसम्मत उम्मेदवार बनेकी छन् ।

केहि माओवादी नेताकार्यकर्ताले भने सर्वसम्मत अध्यक्ष चुन्न नसकेको भन्दै असन्तुष्ट व्यक्त गरेको बताइएको छ।





प्रतिक्रिया दिनुहोस्