नुवाकोट, १० वैशाख । नेकपा एमाले रसुवाले पाँचवटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरु टुंगो लगाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले रसुवाले शुक्रबार उम्मेदवार टुंगो लगाएको रसुवाका सचिव जर्नादन ढकालले जानकारी दिए ।
ढकालका अनुसार उत्तरगया गाउँपालिका अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ ।
यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा रहेको नेता ढकालले जनाए ।
यो समाचार विदुर खवरमा प्रकाशित छ ।